काठमाडौं, सरकारले जेठ २० गते सम्मको लागि लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार बाट सकिदै गरेको लकडाउनलाई १५ दिन थप गरी जेठ २० गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।
कोरोना महामारी नियन्त्रणका लागि नेपालमा चैत्र ११ देखि लकडाउन जारी छ । लकडाउनको अवधि सकिन लाग्दा पुन समय थप गरिएको हो । यस अघि बसेको कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । हाल सम्म नेपालमा कोरोनाका कारण दुई जनाले ज्यान गुमाएका छन् भने २ सय ९५ संक्रमित भएका छन्।