दोष है नलाउ बिदेश जानेलाई (कविता)

केशब राज पंगेनी

नेपाल आमा दोष है नलाउ बिदेश जानेलाई
बाध्यता थियो त्यस बेला हामी विदेश जानलाई
कोरोना रोग भित्र्यायो देशमा भनेर दोष नलाउ

जानेर होइन थाहा नै नपाई आएछ कोरोना
होस पुर्याउ अब फैलिन नदिउँ रोग नै कोरोना
मिचीमिची साबुन पानीले हात धौऔं सबैले
लकडाउनलाई पालना गरौं घरैमा हामीले

शंका लागि आएका लाइ सुचना गरौ सबै मिली
सुरक्षित ठाउँमा क्वारेन्टाईन बनाऔं सबै मिली
व्यत्ती हैन दोषी रोगलाई बुझी सहयोग गरौ सबै मिलि

हे नेपाल आमा, हे पशुपतिनाथ रक्षा गर्नु सबैको
रक्षा गर्नु ठुलो धर्म हो परोपकार र क्षमा गर्नेको
कुनै जातजाती, धर्म , लिङ्ग भेद गर्दैन यस रोगले
समयमै होस् पुर्याऔ, मिली सबैको सहयोगले

पूर्व शिक्षक समेत रहेका लेखक पंगेनी हाल रामपुर ९ जब्गादी बस्दै आउनु भएको छ । |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?