कांग्रेस निस्दीले पनि गर्यो गाउँपालिकालाई सहयोग

पाल्पा, निस्दी गाउँपालिकाले पालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाली कांग्रेस निस्दी गाउँ कार्यसमितिले पनि रकम जम्मा गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाको कार्यक्रम अनुसार गाउँ कार्यसमितिले कोरोना विरुद्धको अभियानमा सहयोगको लागि १६ हजार ५ सय १ रुपैयाँ सहयोग गरेको हो ।

जिल्ला कार्य समितिले सम्बन्धित पालिकामा सहयोग गर्न गाउँ तथा नगर कार्य समितिलाई आह्वान गरेको थियो । लकडाउनका कारण पालिका सम्म पुग्न असमर्थ भएको भन्दै कांग्रेस निस्दीले सनराईज बैंकमा रहेको गाउँपालिकाको प्रकोप व्यवस्थापन खाता नं. ०८७०५६०८१७०३००५ मा रकम जम्मा गरेकोे नेपाली कांग्रेस निस्दी गाउँ कार्यसमितिका संयोजक शालिकराम पाण्डेले जानकारी दिए । पाण्डेले पार्टीका शुभेच्छुकहरु मार्फत रकम संकलन गरी कोषमा जम्मा गरेको बताए ।

कांग्रेसले सचेतना जगाउन तथा रोग विरुद्धको अभियानमा पार्टीले साथ दिने बताउँदै राहतका कार्यक्रमलाई निष्पक्ष र पादर्शिताको लागि कार्यान्वयन, अनुगमन र मुल्याङ्कनमा सर्वदलिय सहभागिताको समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?