पाल्पा, पाल्पालाई थप एक दिन पूर्ण रुपमा शिल गरिने भएको छ । छिमेकी जिल्लाहरुमा कोरोना महामारी फैलिए संगै यस अघि गत शुक्रबार विहान ५ बजे देखि सोमबार राति १२ बजे सम्म पूर्ण रुपमा शिल गर्ने निर्णय भएकोमा मंगलबार (भोली) राती १२ बजे सम्मलाई समय थप गरिएको हो ।
सोमबार (आज) बसेको जिल्ला सुरक्षा समितिको बैठकले जेठ २ गतेको सर्वदलीय एवं सर्वपक्षिय बैठकको निर्णय अनुसार तोकिएको समयमा १ दिन थप गरेको हो । मंगलबार सम्म औषधी, एम्बुलेन्स, शव वाहन, दमकल तथा राजमार्गमा गुड्ने सवारी बाहेकका सवारी जिल्ला प्रवेश गर्न र बाहिर जान पाउने छैन । त्यस्तै सुरक्षा समितिको बैठकले २० गते सम्म घोषण गरिएको लकडाउनलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
खाद्यान्न, तरकारी, फलफूल, दुध, खानेपानी तथा औषधी लगायतका अत्यावश्यक वस्तुहरुको विक्री वितरण भने तोकिएको समय गर्न सकिने र अन्य पसलहरु पूर्ण रुपमा बन्द रहने छ ।