इन्द्रेणी समाज केन्द्रले दियो तानसेन र निस्दीलाई ६ लाखको स्वास्थ्य सामाग्री

पाल्पा, इन्द्रेणी समाज केन्द्र नेपालले पाल्पाको दुई स्थानिय तहलाई ६ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमण विरुद्धको अभियानलाई थप सशक्त बनाउन पाल्पाको तानसेन नगरपालिका र निस्दी गाउँपालिकालाई सहयोग प्रदान गरेको हो ।

अभियानमा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनीधि तथा कर्मचारीहरुलाई सम्भावित जोखिमबाट सुरक्षित राख्नको लागि इन्द्रेणी समाज केन्द्र नेपालले जागृति बाल तथा युवा सरोकार नेपालको समन्वय र क्यानालान स्वीजरल्याण्डको सहयोगमा पिपिई, थर्मल गन, माक्स, ग्लोब्स, सेनिटाईजर प्रदान गरेको हो । संस्थाले ३० सेट पि.पि.ई सेट., २२ थान थर्मल गन, ९० प्याकेट ग्लोब्स, १ सय ७५ थान एन ९५ मास्क, २ हजार थान सर्जिकल मास्क, एक सय लिटर सेनिटाइजर प्रदान गरेको इन्द्रेणी समाज केन्द्र नेपालका व्यवस्थापक रुद्र मस्राङ्गीले बताउनुभयो ।

तानसेन नगरपालिकालाई नगरपालिकाको परिसर बाट र निस्दी गाउँपालिकालाई होटेल पौवाकाे परिसर तानसेन बाट सामाग्री हस्तान्तरण गरिएको थियो । तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही र निस्दी गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारुलाई प्रदेश ५ का सांसद नारायण आचार्य, डाक्टर पुरनमान बज्रचार्य र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं युवा नेता ठाकुर गैरेको उपस्थितीमा प्रदान गरिएको थियो । तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही र निस्दी गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारुले संस्थालाई धन्यवाद दिदै स्थानिय तहहरु सबै संघ संस्था संग समन्वय गरेर कोभिड विरुद्ध लागि रहेको बताउनुभयो । पछिल्लो समय स्थानिय तहहरुलाई विभिन्न संघ संस्थाले सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?