पाल्पा, पाल्पाको रामपुर नगरपालिका ६ गैटारमा एक घरमा आगलागी भएको छ । विद्युत सर्ट भई मंगलबार विहान १ बजे ४९ वर्षिय गोपाल बि.क.को टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो ।
आगलागी बाट मानवीय तथा चौपाया क्षति नभए पनि कोठामा रहेको टिभी, फ्रिज र लत्ताकपडा जली नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले बताउनुभयो । आगलागी बाट करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
अचानक बिद्युत सर्ट भई भएको आगलागी स्थानिय र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
![]() |
![]() |
---|