राष्ट्रियताको मुद्दामा राजनीति नगर्न कांग्रेसको आग्रह

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई आग्रह गरेको छ । विहिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसकै कारण बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट संविधान संशोधन विधेयक हटाइएको चर्चा सुरु भएपछि कांग्रेसले यस्तो आग्रह गरेको हो ।

पत्रकार सम्मेलनपछि सार्वजनिक वक्तव्यमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गलत प्रचारका लागि सहभागी नहुन सरकार र नेकपाका नेतालाई चेतावनी दिनु भएको छ । ‘कम्युनिष्ट सरकारका केही मन्त्री र एक मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न हामी चेतावनी दिन चाहन्छौं, ’ प्रवक्ता शर्माले भन्नु भएको छ । प्रवक्ता शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुनपर्ने विषय पार्टीले विगतदेखि उठाएकाले कांग्रेसले राष्ट्रियताको विषयमा केन्द्रीय समितिबाट निर्णय गर्न चाहँदा संसदको प्रक्रियामा असर पर्ने कुनै कारण नभएको उल्लेख गरेको छ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भू–भाग हुन् अतः कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगत देखिनै प्रष्ट धारणा राख्दै आएको छ’, प्रवक्ता शर्माले भन्नु भएको छ ।, ‘महत्वपूर्ण राष्ट्रिय बिषयमा साझा स्वामित्वबोध साथ नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गर्न चाहँदा त्यसले संसदको प्रक्रियालाई असर पर्नु पर्ने कुनै कारण थिएन।’ शर्माले नेपाली कांग्रेसले ‘समय मागेको’ झुठको अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलीको प्रोपोगन्डाप्रति आपत्तिसमेत जनाउनु भएको छ ।

वक्तव्यमा उल्लेख गरिएको छ ।, ‘राष्ट्रिय एकताको भावनालाई दलहरूको संस्थागत निर्णय एवं आपसी एकता र विश्वासको भावनाले मजबुत तुल्याउन सकिन्छ र राष्ट्रिय एकताको बलमा नै सिमा सम्बन्धि प्रश्नको हल गर्न हाम्रो कुटनैतिक र राजनैतिक पहलकदमिलाई सबल बनाउन सकिन्छ भन्ने नेपाली कांग्रेसको प्रष्ट धारणा रहेकोे छ ।’ साथै सांसद विकास कोष खारेज गरेर कोरोना कोषमा रकम बढाउन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले वैशाख १७ मा गरेको निर्णय स्मरण समेत गराएको छ ।

https://www.facebook.com/nepalicongresshq/photos/a.227022227450343/1729374570548427/?type=3&theater

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?