पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ भेटियो

पाल्पा,भारत बाट फर्किएका मध्ये २ सय ५७ जनाको पिसिआर परिक्षण गर्दा पाल्पामा तीन जनामा पोजेटिभ भेटिएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आईतबार साँझ सार्वजनिक गरेको रिपोर्ट अनुसार २ सय ७१ जनाको स्वाव परिक्षण गर्दा ३ जनामा पोजेटिभ पाईएको हो ।

उनीहरु एक हप्ता अघि भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका छन् । जस अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाका २ जना र माथागढी गाउँपालिकाका १ जना रहेका छन् । प्रयोगशालाले रिपोर्ट आए पनि आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयाे ।  पोजेटिभ देखिएका तीनै जनालाई तानसेनस्थित आइसोलेसनमा ल्याउने तयारी भएको छ ।

माथागढी गाउँपालिकाका प्रमुख सन्तोष थापा मगरले एक जनामा पोजेटिभ आएको भन्ने खबर आएको बताउँदै आज रातपरेकाले आईसोलेसनमा लान नसकिएको र भोली विहानै लगिने बताउनुभयो । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीका अनुसार १० गते भारत बाट आएका मध्ये २६ जनाको क्वारेन्टाईन बाटै स्वाव संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?