पाल्पाको निस्दीमा २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा, पाल्पामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको परिक्षणका क्रममा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । आज संक्रमण पुष्टि भएका २ जना गत जेठ १० गते भारतबाट निस्दी गाँउपालिका आएका थिए ।

संक्रमित २ जना १७ र ३६ बर्षिय पुरुष रहेको निस्दी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिसाले जानकारी दिनुभयो । संक्रमित दुवै जनाको अवस्था समान्य रहेको उहाँले बताउनुभयो । साथै संक्रमण पुष्टि भएका दुवै जनालाई भोली सिसिएमसि संगको छलफल पछि मात्रै कहाँ राख्ने भन्ने टुंगो लाग्ने उहाँले बताउनुभएको छ । संक्रमण पुष्टि भए पछि उनीहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भई रहेको स्वास्थ्य शाखा प्रमुख दिसाले जानकारी दिनुभयो । यस संगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?