
मृतक दिशा मगर पुर्वखोला गाउँपालिका १ सिलुवा घर भई वडा २ जल्पाको शम्भु माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । दिशाको स्वास्थ्य अवस्था विग्रदै गएपछि सोमवार मात्र उनलाई मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । भारतको मुम्वई बाट गाउँपालिका आएका दिशा १८ गते क्वारेन्टाइनमा पुगेका थिए । मृतक दिशा मगरको हिजो नै स्वाव संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको र मृत्यु पछि पुन स्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना र माथागढी गाउँपालिकामा १ जना गरी भारत बाट फर्किएका पाल्पामा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।