भारत बाट फर्किएका रामपुरका २ जनामा कोरोना पोजेटिभ

पाल्पा, पिसिआर परिक्षण भएका मध्ये पाल्पाको रामपुर नगरपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारत बाट फर्किएर ससीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका २३ वर्षिय र २८ वर्षिय पुरुषमा पोजेटिभ स्वस्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

यस संगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । गत जेठ १२ गते फर्किएर सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका मध्ये प्रदेश जनस्वास्वास्थ्य कार्यालय भैरहवामा परिक्षण गर्दा पिसिआर पोटेटिभ आएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । उनीहरु २ जना संगै ६ जना कपिलवस्तुको खोला र जंगल हुँदै नेपाल प्रवेश गरेका थिए । तानसेनको वर्तुङ आएपछि उनीहरु संगै पिसिआर गरेर तानसेनको होल्डिङ क्वारेन्टाईन बाट फर्किएका ७ जना गरी १३ जना १२ गते राती नगरपालिकाले व्यवस्था गरेको गाडी बाट आएका थिए ।

परिक्षण नभएका ६ जनाको १३ गते आरडीटी परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको थियो । त्यस्तै रामपुर ७ को विजय प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ४ जनाको परिक्षण गर्दा १ जनामा आरडीटि पोजेटिभ देखिए पछि ३ जनाको सदावर्त बाटै स्वाव नमुना संकलन गरी पठाईएको थियो । पोजेटिभ देखिएका दुवै जनालाई आईसोलेसन लैजानका लागि नगरपालिकामा अहिले आकस्मिक बैठक बसिरहेको छ ।

यस अघि पाल्पाको निस्दीका २ जना, माथागढीका १ जना र रैनादेवी छहराका २ जना गरी भारत बाट फर्किएका ५ जनामा पोजेटिभ देखिएको थियो । पछिल्लो समय आउने अधिकांश युवाहरुको किट अभावका कारण परिक्षण हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?