जिवन डोटेल
स्याङ्गजा ( चापाकोट) स्याङ्गजाको चापाकोट ८ क्वामीमा रहेको इलाका प्रहरी कार्यालय यथास्थानमा हुनु पर्ने माग गर्दै दबाबका लागि बुधबार देखि रिले धर्ना सुरु भएको छ । इलाका प्रहरी कार्यालयलाई एक तह स्तरउन्नती गरी वडा प्रहरी कार्यालयका रुपमा वृद्धि गर्ने भने पनि सार्नका लागि चलखेल भएको भन्दै स्थानियले अनसन सुरु गरेको हो ।
गत असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले देशका विभिन्न पालीकामा रहेका इलाका प्रहरी कार्यलयलाई स्तर उन्नति गर्ने कार्यक्रममा सुरक्षालाई जोखिमलाई मध्यनजर गर्दै क्वामी पनि परेको थियो । चापाकोट नगरपालिकाको केन्द्र चापाकोट ९ सुन्तलीटारका केही स्थानीय नेताको पहलमा हाल सञ्चालनमा रहेको स्थान बाट चापाकोट ९ सुन्तलीटारमा लैजाने तयारी सुरु भएपछि उक्त कदमलाई रोक्न रिले अनसन सुरु भएको हो । चापाकोट नगरपालिका ८ नहर अफिस प्राङ्गणमा स्वत स्फिुर्त रुपका उपस्थित भएका स्थानीय तथा इलाका प्रहरी कार्यालय संरक्षण समितिले लकडाउनलाई मध्यनजर गर्दै सामाजिक दुरीलाइ कायम गरेर शान्ति पूर्ण ढंगले इलाका प्रहरी कार्यालय चापाकोट (क) को गेटमा औपचारीक कार्यक्रम गरि रिले धर्ना कार्यक्रम सुरु गरेको हो ।
पटक पटक सम्बन्धीत निकायमा पत्राचार गर्ने ज्ञापन पत्र बुझाउने गर्दा पनि कुनै सुनुवाई नभएपछि जेठ १८ गते सर्बदलिय भेला बसेर ने.क.पा स्याङजा जिल्ला किसान संघ सचिवालाय सदस्य हरि प्रसाद भट्टराईको संयोजकत्वमा २३ सदस्यिय इलाका प्रहरी कार्यालय संरक्षण समितिको गठन गरेको थियो । त्यस पछि औपचारिक रुपमै बिरोधमा उत्रिएको संरक्षण समितिका उपसंयोजक गोकण प्रसाद भट्टराईले बताउनुभयो ।
२०५४ सालमा इलाका प्रहरी कार्यालय रत्नपुरको स्थापनाका भएपछि आवश्यक पर्ने १० रोपनी जग्गा स्थानिय सिता कुमारी पौड्याल र स्वा–चन्द्र कुमारी पौड्यालले निशुल्क प्रदान गर्नु भएको थियो । शान्ति सुरक्षा प्रदान भइ रहेकोमा हाल स्तर उन्नती हुने कुराले निकै हर्षित भएकोमा केही महिनामा नै चलखेल सुरु भै अन्नेत्र लैजाने चलखेल हुँदा निकै दुःख लागेको जग्गा दाता ७८ बर्षिय सिता कुमारी पौड्यालले बताउनुभयो । चापाकोट नगरपालीकाको मध्यभाग र सुन्तलीटार बजार २÷३ किलोमिटरको दुरीमा पर्ने भएकाले सुरक्षा दिन सहज हुने भएपनि नेता तथा कार्यकर्ताको पहुँचमा कार्यालय सार्न खोजीनुले विकास विकेन्द्रीकरणको सट्टटा सबै आफ्नै घर आगनमा लैजान खोजेको संरक्षण समितिको आरोप छ ।
यस विषयमा अगाडि पनि आवाज उठेको र चापाकोट नगरपालिकाले गत पौष १४ गते गृहमन्त्रालयलाई यथास्थानमा स्तर उन्नती गर्न गराउन सिफारिस गरेता पनि सिफारिस समेत लत्याई ब्याक्तिगत पहँुचको आधारमा सरकारी तवरबाट नै काम गरिनुलाई स्थानिय निकायको नै धज्जी उढाइएको चापाकोट नगरपालीका वडा नं ८ का वडा अध्यक्ष नवराज श्रेष्ठले बताउनुभयो । हाल स्तर उन्नतीका लागी गण्डकी प्रदेश प्रहरी कार्यलय बाट बोल पत्र आह्वान भई सिद्धबाबा निर्माण सेवा प्रा.लि संग १ करोड ३० लाख ६० हजार ५ सय ६३ रुपैयाँमा थप भवन तथा भान्साघर निर्माणको टेन्डर समेत भैसकेको छ । स्थानियले जग जबसम्म यथा स्थानमा खन्न सुरुहुदैन तब सम्म धन्र्ना नसकिने, धर्नामा रहनुहुने इलाका प्रहरी कार्यालय संरक्षण समिति सदस्य सिता आचार्यले जानकारी दिनुभयो । बुधबार दिउसो २ बजे बाट सुरुभएको घर्नामा नवराज श्रेष्ठ, गोकण प्रसाद भट्टराइ र सिता आचार्य रहनु भएको छ ।