पाल्पाको मिसन अस्पतालमा निधन भएका पुरुषमा कोरोना पोजेटिभ

पाल्पा, गत मंगलबार पाल्पाको युनाईटेड मिसन अस्पतालको आईसोलेसनमा उपचारको क्रममा निधन भएका पुरुषमा कोरोना पोजेटिभ पाईएको छ ।

पुर्वखोला १ सिलुवाका ४६ बर्षिय पुरुषको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको हो । जेठ १८ गते भारतको मुम्बाई बाट पुर्वखोला २ जल्पाको शम्भु माध्यमिक विद्यालयको क्वारेन्टाईनमा आएका उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि सोमवार मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनलाई स्वासप्रश्वास सम्बन्धी समस्या देखिए पछि पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु २० गते भएको हो । यस संगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाको एक जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?