सुनचाँदी व्यवसायमा आवद्ध मजदुरहरुलाई खाद्यान्न प्रदान

पाल्पा, रामपुर क्षेत्रमा कार्यरत सुनचाँदी व्यवसायमा आवद्ध मजदुरहरुलाई खाद्यान्न वितरण शनिबार खाद्यान्न वितरण गरिएको छ । लकडाउनका कारण व्यवसाय थप्प हुँदा काम विहिन भएकाले उनीहरुको सहजताको लागि रामपुर सुनचाँदी व्यवसायी संघ रामपुर पाल्पाले राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको हो ।
संघको कार्यालय बेझाँडमा एक कार्यक्रम गरी ९ जना मजदुरहरुलाई चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्न उपलब्ध गराएको हो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा सदस्य मायाँ नेपालीले कामविहिन बनेका मजदुरहरुको लागि संघले ल्याएको कार्यक्रम निकै फलदायी हुने बताउनुभयो । सामुदायिक रेडियो रामपुरका स्टेशन म्यानेजर बासुदेव ढकाल र पत्रकार इमान सिं रानाले महामारीको जोखिम बढ्दै जाँदा सरकार राहत भन्दा पनि क्वारेन्टाईन र आईसोलेशन व्यवस्थापनमा केन्द्रित हुनु परेकाले यस अवस्थामा संघ संस्थाहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
संघले अन्य स्थान बाट आएर रामपुरमा कार्यरत रहेका कालीगढहरुको लागि २५ केजी चामल, १ लिटर तेल, २ केजी दाल र २ केजी नुन प्रदान गरेको रामपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष अर्जुन सुनारले जानकारी दिनुभयो ।संघका अध्यक्ष अर्जुन सुनारको अध्यक्षतामा भएको खाद्यान्न विचरण कार्यक्रमको सञचालन श्याम बहादुर विकले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?