आगलागी पिडितलाई एनआरएनए युएई दुवै क्षेत्रले दियो ३० हजार

पाल्पा, गैर आवासीय नेपाली संघ संयुक्त अरब इमिरेट्स (युएई) दुवै क्षेत्रले आगलागी पिडितलाई सहयोग गरेको छ । रामपुर ६ गैटारका ४९ वर्षिय गोपाल बहादुर सुनारको परिवारलाई संघले ३० हजार रुपैयाँ बराबरको सहयोग गरको हो ।

सुनारको घरमा गत जेठ १३ गते विद्युत सर्ट भएर टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको थियो । गैर आवासीय नेपाली संघ युएईको दुवै क्षेत्रका अध्यक्ष भिम मल्ल ठकुरीले स्वदेशमा परेको अप्ठ्यारोमा केही राहत होस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको बताए । गैर आवासीय नेपाली संघको पहलमा युएईको दुवै क्षेत्र बाट संकलन भएको रकम मल्लका भाई थमन मल्ल सहितको उपस्थितिमा बुधबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सुनारको घर मै पुगेर हस्तान्तरण गर्नु भएको हो ।

रकम हस्तान्तरण गर्दै थापाले जन्मभूमी प्रति प्रवासमा रहेका दाजुभाईहरुले देखाएको सद्भावको प्रशंसा गरेका थिए । पिडित सुनारले सहयोगका लागि धन्यवाद दिनु भएको थियो । आगलागी बाट मानवीय तथा चौपाया क्षति नभए पनि कोठामा रहेको टिभी, फ्रिज र लत्ताकपडा जली नष्ट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?