सिद्धबाबाको नजिकै तिनाउँमा कार खस्यो

पाल्पा, सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड अन्तर्गत तिनाउँ ३ सिद्धबाबाको ड्याम साईड नजिकै तिनाउँ खोलामा कार खसेको छ । बुटवल बाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४०९३ नम्बरको कालो प्लेटको कार शुक्रबार दिउँसो करिब तीन बजे तिनाउमा खसेको हो ।

घाइते हुनेमा गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गम्भीर घाइते अर्याललाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ। कारमा कतिजना सवार थिए भन्ने खुलेको छैन। खोलामा पानीको वहाव बढेकोले खोजी कार्यमा कठिन भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो ।
दुर्घटनामा अरू पनि हुन सक्ने आशंकामा अहिले खोजी कार्यालाई तीव्र पारिएको छ। घट्नाबारे थप विवरण आउन बाँकी छ। कार सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?