सडक विस्तारको क्रममा सिलुवामा स्काभेटर पुरियो

तस्वीर : हाेम राई मगरकाे फेसबुक बाट

पाल्पा, पाल्पाको सिलुवा–अर्चले सडक खण्डको सडक चौडा गर्ने क्रममा पूर्वखोला १ सिलुवाको तालखोलामा स्काभेटरलाई पहिरोले पुरेको छ । सडक फराकिलो बनाउने क्रममा माथि बाट खसेको पहिरोले बा २ क ७७७१ नं. को स्काभेटर संगै अपरेटरलाई पुरेको थियो ।

तस्वीर : हाेम राई मगरकाे फेसबुक बाट

स्काभेटर संगै पुरिएका खैरहनी नगरपालिका वडा नं. ३ चितवनका २३ हेम बहादुर कार्कीलाई प्रहरी चौकी जब्गादी बाट खटिएको प्रहरी र स्थानियले झण्डै १ घण्टा पछि सकुशल उद्धार गरेको छ । साढे १२ बजे तिर पहिरो खसेको थियो । कार्कीलाई स्थानीय र प्रहरीले माटो हटाई झ्याल फोरेर उद्धार गरिएको प्रहरी चौकी जब्गादीका हवल्दार मेघराज बेल्बासे जानकारी दिनुभयो ।

बेल्बासेका अनुसार ढुङ्गा माटो सहितको सुख्खा पहिरोले स्काभेटरको ७० प्रतिशत भाग पुरेको थियो । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार अपरेटरलाई खुट्टामा सामान्य चोट लागेको थियो । अहिले जेसिविको सहयोगमा स्काभेटर निकाल्ने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?