पाल्पामा कोरोना संक्रमितको संख्या ४० पुग्यो, देशभर ५ हजार ७ सय ६०

पाल्पा, पाल्पामा आईतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतम १ महिला र १६ पुरुष गरी थापा १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

यस संगै पाल्पामा संक्रमितको संख्या ४० पुगेको छ । उनीहरु कहाँ कहाँका हुन् भन्ने विवरण आउन बाँकी रहेको छ । यस अघि पाल्पाको माथागढीमा १४ जना, पूर्वखोलाको २ जना, रैनादेवी छहराको २ जना, निस्दीको २ जना, रामपुरको २ जना र एक जना गुल्मीका गरी २३ जनामा संक्रमण पुष्टि भएको थियो । जस मध्ये पूर्वखोला १ का एकका १ पुरुषको निधन पछि कोरोना पुष्टि भएको थियो । उनीहरु सबै भारत बाट फर्किएका हुन् ।
यता पछिल्लो २४ घण्टामा देशभर थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस संगै कुल संक्रमित संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
थपिएका नयाँ संक्रमितहरुमध्ये मोरङमा २५, सुनसरीमा १ , झापामा १, सप्तरीमा १०, पर्सामा १७, बारामा ९ , सर्लाहीमा ६ जना, रौटहटमा २५ ,नवलपरासी पूर्वमा २, बझाङमा ५, डडेलधुरामा २४ , डोटीमा ३ , कैलालीमा १२ जना, कञ्चनपुरमा २०, बर्दिया र बाँकेमा ३र३, रुकुम पश्चिममा २ , प्युठानमा २, दाङमा ५४ जना छन् । त्यसैगरी धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलापरासी पश्चिमका २जना, रुपन्देहीका २६ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना, सिन्धुलीका १ जना, धादिङका २५ जना, रौटहटका ५१ जना रहेका छन् । हालसम्मको संक्रमित जिल्ला ७३ रहेको छ । नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् ।
नारायणी अस्पतालबाट १२ जना, पाटन अस्पतालबाट १ जना, विपी प्रतिष्ठानबाट ३ जना, गौर नर्सिङ इन्सिटयुट बाट ९ जना, डडेल्धुरा अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट १ जना, डोटी अस्पतालबाट १ जना, सेती अस्पतालबाट ६ जना, सहपूर्वा आइसेलेसन सेन्टर बाँकेबाट ८ जना, खजुरा क्यान्सर अस्पतालबाट ८ जना र कोरोना विशेष अस्पताल दाङबाट ६ जना डिस्चार्ज भएका हुन् । यो सँगै निको हुनेको संख्या ९ सय ७४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?