पाल्पा, कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पारित भएको खुशियालीमा पाल्पाको रामपुरमा आईतबार साँझ दीप प्रज्वलन गरिएको छ ।
प्रतिनिधिसभाको शनिबारको बैठकले दुई तिहाइभन्दा बढी मतले सोसम्बन्धी प्रस्ताव पारित गरेको खुशीमा शनिबार नै देशैभर दिपावली गरिए पनि रामपुरमा भने आईतबार युवाहरुले दीप प्रज्वलन गरेका हुन् । व्यापारिक केन्द्र बेझाँड बजार चोक प्रहरी बिट नजिकै चन्द्र सुर्य अंकित नेपालको नक्सा कोरेर युवाहरुले दिप प्रज्वलन गरी खुशीयाली मनाएका थिए ।
विधेयक पारित भएसँगै शनिबार नै दिप प्रज्वलन गर्ने भने पनि केही प्राविधिक समस्याका कारण नसकिएको बताउँदै युवा आभाष भट्टराईले आज युवाहरु जुटेर खुशीयाली मनाएको बताउनुभयो । बेझाँडका युवा रोहित श्रेष्ठले वास्तविक नेपालको भूमी समेटिएको नक्सा संगै निशान छापको लागि सर्वसम्मत रुपमा संशोधन विधेयक पारित हुनु नेपालीका लागि गर्वको कुरा रहेको बताउनुभयो ।
दिप प्रज्वलनमा बेझाँड क्षेत्रका युवाहरु संगै बालबालिका, उद्योगी, व्यवसायी, सामाजिक व्यक्तित्वहरुको सहभागीता रहेको थियो । साथै दिप प्रज्वलन पश्चान राष्ट्रिय गाएर समापन गरिएको थियो ।