पाल्पा, पाल्पा आज थप १० जना कोरोना पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोजेटिभ देखिएका १० जना पूर्वखोला गाउँपालिका वडा नं. १, २, ३ र ४ का पुरुषहरु रहेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका निमक्ति प्रमुख विश्वनाथ न्यौपानेका अनुसार उनीहरु १८ देखि ४७ वर्षका रहेका छन् । संक्रमित हुनेमध्ये २ जना जनकल्याणका आधारभूत विद्यालय वडा नं. ५ वीरकोटको क्वारेन्टाइनका र ८ जना शम्भु माध्यमिक विद्यालय वडा नं. २ जल्पाको क्वारेन्टाइनका रहेका छन् । उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । यो सँगै पाल्पामा संक्रमितको संख्या ५० पुगेको छ ।
पाल्पामा आईतबार रम्भा गाउँपालिकाका १६ जना र बगनासकाली गाउँपालिकाका १ जना गरी १७ जनामा पुष्टि भएको थियो । त्यस अघि पाल्पाको माथागढीमा १४ जना, पूर्वखोला, रैनादेवी छहरा, निस्दी र रामपुरमा २/२ जना र एक जना गुल्मीका गरी २३ जनामा संक्रमण पुष्टि भएको थियो । यस संगै पूर्वखोलामा संक्रमितको संख्या १२ पुगेको छ ।