सिद्धबाबा क्षेत्रमा जीप खस्दा ६ जना घाईते

फाईल तस्वीर

पाल्पा, सिद्धार्थ राजमार्ग तानसेन बुटवल खण्डको सिद्धबाबा क्षेत्रको भीरबाट मंगलबार जीप खसेको छ । पाल्पा देखि बुटवल तर्फ गरेको प्रदेश ३–०१–२२ च ४५२२ नम्बरको डबल क्याप जीप तिनाउँ खोलामा खस्दा ६ जना घाइते भएका छन् ।

घाईते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।। घाइते हुनेहरुमा चालक तिनाउँ ३ दोभानका ३८ वर्षिय दयाराज पाण्डे सोही स्थानका ३६ वर्षिय नन्दलाल बस्याल, २८ बर्षिय कृष्ण बस्याल, ४५ बर्षिय बालकृष्ण बस्याल, ३८ बर्षिय शिव पाण्डे र ३८ वर्षिय विनोद बस्याल रहेका छन । उनीहरु मध्य चालक र अर्का एकजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते ६ जनालाई उपचारका लागि बुटवल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?