बुधबार अहिले सम्म कै धेरै संख्यामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा बुधबार अहिले सम्म कै धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या अहिले सम्म ७ हजार १ सय ७७ पुगेको जानकारी दिनुभयो । बुधबार पुष्टि भएका मध्ये उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौटहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा जना ९ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ हजार १ सय ६७ पुगेको छ । महेन्द्र गेनाइ अस्पताल सिरहाबाट ६ जना, नाराययी अस्पताल विरगन्जबाट रौटहटका २ जना र पर्साका १ जना निको भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ३३ हजार ५४३ नमुना परीक्षण भएका छन् । २४ घन्टामा १० हजार २४ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ४९ हजार ७७२ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ३७ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २५ हजार ७९८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ९९० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?