बगनासकालीका थप १६ जनामा कोरोना पुष्टि

पाल्पा, पाल्पामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती बगनासकाली गाउँपालिका वडा नं. ६ र ७ को क्वारेन्टाईनमा रहेकाहरुमा पुष्टि भए संगै जिल्लामा संक्रमितको संख्या ७२ पुगेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परिक्षणमा बगनासकाली ६ यम्घाको क्वारेन्टाइनमा रहेका १३ जना, वडा नंं ७ को क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।
सक्रमित मध्ये १९ बर्ष देखी ४५ बर्ष उमेर समुहका १२ जना पुरुष र ४ जना महिला रहेका छन् । सक्रमित हुनेहरुमा वडा नंं ६ यम्घाका ९ जना पुरुष, र ४ जना महिला, वडा नंं ७ खानीगाउँका ३ जना पुरुष रहेका छन् । उनीहरु मध्ये वडा नंं ६ यम्घाको भगवती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ९ जना, अरनी आधारभुत विद्यालयमा बसेका १ जना, सीता माविको क्वारेन्टाइनमा बसेका ३ जना र वडा नंं ७ खानीगाउँको खानीगाउँ माविमा बसेका ३ जना रहेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।
गाउँपालिकाले क्वारेन्टाइमा बसेका १ सय १५ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणको लागि पठाएकोमा १६ जनाको पोजेटिभ, ७६ जनाको नेजेटिभ र २३ जनाको रिपोर्ट आउन वाकी रहेको अध्यक्ष बस्यालले जानकारी दिनुभयो । सक्रमित १६ जनालाई तानसेनको आईसोलेसमा ल्याउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताउनुभयो । उनीहरुको अवस्था समान्य रहेको छ । बगनासकाली गाउँपालिकामा मात्र सक्रमित हुनेको संख्या १७ पुगेको छ ।

यस अघि जिल्लाको रम्भामा १६ जना,माथागढीमा १४ जना, रैनादेवी छहरामा २ जना, रिव्दीकोटमा ४ जना, निस्दीमा २ जना, रामपुरमा २ जना, पुर्वखोलाका १२ जना ,तिनाउँमा १ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मी र अर्घाखाचीका एक /एक जनामा कोरोना सक्रमण देखिएको छ । सक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ५ जना निको भई घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?