पाल्पामा थप २० जनामा कोरोना पुष्टि 

पाल्पा, पाल्पामा शनिबार थप २० जनामा कोरोना पुष्टि भएको छ । पिसिआर परिक्षणको क्रममा केन्द्रिय प्रयोगशाला काठमाडौमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण काठमाडौमा १६ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

सक्रमित मध्ये रैनादेवी छहरा गाउँपालिका नंं १ सिद्धेश्वरका १२ जना महिला, वडा नंं ३ भुवनपोखरीका ४ जना, माथागढी गाउँपालिका वडा नंं ४ झडेवाका १ जना, तिनाउँ गाउँपालिका ३ झुम्साका २ जना र लुम्विनी मेडिकल कलेजमा उपचाररत गुल्मीका १ जनामा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।  शुक्रबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बगनासकालीका १६ जनामा संक्रमण पुष्टी भएको थियो । शनिबार २० जनामा पुष्टि भए संगै पाल्पामा संक्रमितको संख्या ९२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?