‘परिवारका साथ घरघरमा योग’ भन्ने नारा सहित रामपुरमा विश्व योग दिवस मनाईयो

    पाल्पा, छैटौं विश्व योग दिवस रामपुरमा पनि मनाईएको छ । ‘परिवारका साथ घरघरमा योग’ भन्ने नाराका साथ रामपुर नगरपालिका आयुर्वेद शाखाको आयोजना र रामपुर योग समितिको सहआयोजनामा योग अभ्यास सहित कार्यक्रम गरी दिवस मनाइएको हो ।

लकडाउनका विच दुरी कायम गरी रामपुर ६ को विजयपुर शिवालय मन्दिरको सभाहलमा भएको भएको कार्यक्रममा योगशाधकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले व्यक्तिगत र सामाजिक विकासका लागि सकारात्मक सोचको आवश्यकता रहेको बताए । उनले सकारात्मक सोचको विकासको लागि योग र ध्यान अपरिहार्य रहेको बताउनुभयो । थापाले विगतमा कडा परिश्रम संगै आर्गानिक भोजनले योगको खासै महत्व नरहे पनि अहिलेको आधुनिक व्यस्त दैनिकीमा स्वस्थ्य रहनका लागि योग र ध्यान अनिवार्य आवश्यताको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले नगरपलिकाले जटिल परिस्थितिका विच पनि योग र ध्यानका बारेमा जानकारी दिन तथा पूर्वाधार निर्माणमा सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

       रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले विश्वमा फैलिएको कोरोना महामारीमको अवस्थामा आतविश्वासको बढाउन आवश्यक रहेको भन्दै त्यसको लागि योग पनि एक भएको बताउनुभयो । उहाँले नियमित योग अभ्यासका लागि वडाले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघ रामपुरका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई, तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटा र नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले बोल्दै मन र शरीरको मिलन बाट नै उर्जा पैदा हुने भन्दै यसलाई जोड्ने काम पनि योगले गर्ने बताएका थिए ।

रामपुर नगरपालिका आयुर्वेद शाखाका संयोजक चेमन प्रकाश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम रामपुर योग समितिका सदस्य दोवराज तिवारीको स्वागत र रामपुर योग समितिका सचिव सुदिप गैरैको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?