कोरोना पोजेटिभ देखिएका रामपुरका दुई युवा कोरोना मुक्त भएर घर फिर्ता

पाल्पा, भारत बाट फर्किएर क्वारेन्टाईन कोरोना पोजेटिभ देखिएका रामपुरका दुई जना युवाहरु कोरोना जितेर घर फर्किएका छन् । रामपुर ९ का २३ र २८ वर्षिय युवकहरु फलोअप पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आए संगै घर फर्किएका हुन् ।

उनीहरुसंगै सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका कन्ट्रयाक ट्रेसिङ्गमा परेका ११ जना पुरुषहरु पनि सोमबार रिपोर्ट नेगेटिभ आए संगै मंगलबार घर फर्किएका छन् । गत जेठ १२ गते भारत बाट फर्किएर १३ जना युवाहरु एउटै क्वारेन्टाईनमा बसेका थिए । उनीहरु मध्ये २ जनामा २१ गते कोरोना पुष्टि भएको रिपोर्ट आए पछि गत जेठ २६ गते रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले शहिद बहुमुखी क्याम्पस रामपुरमा निर्माण गरेको आईसोलेसनमा उनीहरुलाई सारिएको थियो ।

संक्रमित संगै ट्रेसिङ्गमा परेका युवाहरुको स्वास्थ्य कार्यालय पाल्पाको टोलीले २६ गते स्वाव संकलन गरेर भैरहवा पठाएको थियो । आईसोलेसनमा रहेका युवाहरुलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पुष्पगुच्छा र रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले रिपोर्ट नेगेटि आएको प्रमाण पत्र हस्तान्तरण गरेर घर पठाउनु भएको हो । रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले अनुशासन पूर्व क्वारेन्टाईन र आईसोलेसनमा बसेकोमा धन्यवाद दिदै घरमा गएर एक हप्ता सम्म परिवार र समुदायका मनिसहरु संग दुरी कायम गरेर बस्न आग्रह गर्नुभयो ।

क्वरेन्टाईन व्यवस्थापन समितिका अध्यक्ष हिमाल मल्ल, सदस्य कमलराज भट्टराई, शहिद बहुमुखी क्याम्पसका प्रमुख मुरारी प्रसाद काफ्ले, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्की सहित चिकित्सक, सुरक्षाकर्मीहरुको रहोबरमा उनीहरुलाई विदाई गरिएको हो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तिर्थ प्रसाद ढुङ्गानाले गर्नु भएको थियो । उनीहरुलाई घर पठाए संगै पाल्पामा कोरोना जित्नेको संख्या ७ पुगेको छ । यस अघि निस्दी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना निको घर फर्किएको पाल्पाका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?