विहिबार एकै पाल्पामा १ सय २१ जनामा कोरोना पुष्टि

पाल्पा, विहिबार एकै दिन पाल्पामा थप १ सय २१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । संगै पाल्पामा संक्रमितको संख्या ३ सय ६९ पुगेको छ ।

संक्रमण देखिएका मध्ये निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना महिला गरी ९३ जना, पुर्वखोला गाउँपालिकाका १८ जना पुरुष, रम्भा गाउँपालिकामा ६ जना, तानसेन नगरपालिकामा ३ जना र तिनाउँ गाउँपालिकामा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेनको क्वारेन्टाईनमा रहेकाहरुमा पनि संक्रमण पुष्टि भए पछि जिल्लाका १० वटै स्थानिय तहमा कोरोना संक्रमित देखिएको छ ।
भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको क्रममा २८ जना गरी १२१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

यस अघि पाल्पाको रामपुर नगरपालिकामा १६ जना, बगनासकालीमा २८, पूर्वखोलामा १ सय २९, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, संक्रमण देखिएको थियो । उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्कि सकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?