पाल्पा , निस्दी गाउँपालिकामा विहिबार एकै दिन ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गाँउपालिका भित्रका क्वारेन्टाईनमा रहेका मध्ये २ सय ३४ जनाको पि सि आर परिक्षणका क्रममा ९३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । निस्दी गाँउपालिका वडा नं. १ को बुद्धिविकास आधारभुत विधालय बाँकामलाङको क्वारेन्टाईनमा रहेका २ जना , राधाकृष्ण मावि बाँकामलाङका ७ जना वडा नं. २ को पुरान्थर आधारभुत विद्यालय सहलकोटका ३ जना , वडा नं. ३ को लक्ष्मी मावि झिरुबासका ३१ ज्ना , वडा नं. ४ को गौरीशंकर मावि मित्यालका २ जना, मित्याल आधारभुत विद्यालय १५ जना , वडा नं. ५ को जनता मावि गल्धा ढुगानाबेसीका १४ जना, वृहस्पति आधारभुत विद्यालय गल्धा फाँट का १० जना वडा नं. ६ को गोरखनाथ मावि अर्चलेका १ जना , अकलादेवी मावि अर्चले १ जना र जन प्रिय मावि ज्यामिरेका ७ जना गरी ९३ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित सवै भारतबाट आएको निस्दी गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । साथै वडा नं. ५ को सरस्वती माध्यमिक विद्यालय कठैडाँडाको क्वारेन्टाईनमा रहेका १० जनाको स्वाब विग्रेकाले पुन परिक्षण गर्नु पर्ने र अन्यको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक दिशाले जानकारी दिनुभयो । साथै उहाँले क्वारेन्टाईनमा रहनेहरुलाई धैर्य रहन र आत्मबल, आत्मविश्वास र उच्चमनोबलकासाथ रहन अनुरोध गर्नु भएको छ ।
यस्तै पूर्वखोला गाँउपालिका वडा नं. १ मा विहिबार १८ जनामा कोरोना संक्रमण देखिएको छ । पूर्वखोला गाँउपालिका वडा नं. १ को जनमार्ग माध्यमिक विद्यालय र मदनआश्रित आधारभुत विद्यालयमा रहेका मध्ये १८ जनामा कोरोना संक्रमण देखिएको हो । यस संगै पूर्वखोला गाँउपालिकामा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ भने निस्दी गाँउपालिकामा संक्रमितको संख्या ९५ पुगेको छ ।