नेपालमा पनि भित्रियो अनिकाल निम्त्याउने सक्ने सहल

काठमाडौं, अनिकाल निम्त्याउने सहल किरा शनिबार नेपालमा पनि भित्रियको छ । सीमा हुँदै तराईको विभिन्न स्थान बाट फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सरकारले गत जेठ २४ गते नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो । तर शनिबार बिहान ७ देखि ८ बजेको समयमा रुपन्देहीको भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुर बाट प्रवेश गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार हिजोअस्ती दक्षिणतर्फ बाट उत्तरतर्फ बगेको हावाको बेगले भारतको विहार हुँदै नेपालमा ल्याइ पु¥याएको हो । हुमागाईले भन्नुभयो, ‘यो फट्याङग्राको बथान नै नेपालमा प्रवेश गरेको हो वा तितरबितर भएर आएको हो, त्यो बारेमा पनि अध्ययन गर्दैछौं ।’

सलह नाम दिएको फट्याङग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् । एक दिनमा फट्याङग्राहरु करिब १ सय ३० किलोमिटर सम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । एक दिनमा ५ सय किलोमिटर सम्म बथानमै उडान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।

कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंले अहिले पहिचान गर्ने काम भइरहेको जानकारी दिए । प्राविधिक टोलीले अहिले फिल्डमा गएर सलहको पहिचान गर्ने काम गरिरहेको छ । हुमागाईंका अनुसार प्राविधिक टोलीहरुले पठाएको तस्बिरका आधारमा हेर्दा नेपालमा देखिएका सलह व्यस्क होइनन् । उहाँले भन्नुभयो, ’हाम्रो प्राम्भिक अनुसन्धानका अनुसार अहिले भेटिएका लोकस्टहरु मरुभूमिमा पाइने पहेंलो होइनन् । अहिले अपरिपक्क व्यस्क गुलाबी रंगका लोकस्ट भेटिएका हुन् ।’
गुलाबी रंगका यी सलह मरुभूमिमा पाइनेजस्तो धेरै खन्चुवा नभएको बताउँदै नआत्तिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ’मरुभूमिमा पाइने पहेंलो लोकस्ट भेटियो भने पनि नेपालमा धेरै लामो समय सम्म बस्दैन । फुल पार्न नेपालमा मरुभूमिको जस्तो जमिन हुँदैन । आज बिहान पनि पानी परेको छ । त्यो भएको हुनाले ब्रिडिङ हुने सम्भावना छैन ।’ प्रारम्भिक अनुसन्धानका क्रममा झुन्डबाट छुट्टिएर आएका सलह भएकाले नआत्तिन आग्रह गरेको छ । नेपालमा मनसुनी प्रवाभ भएको र चिसो भएकाले सलहले धेरै क्षति नगर्ने अनुमान कृषि वैज्ञानिकहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?