पाल्पामा सलह किरा प्रवेश सजग रहनु पर्ने


पाल्पा , नेपालमा सलह किरा भित्रिए संगै पाल्पामा पनि सहल किरा भित्रिएको छ ।

केही घण्टा अगाडी बुटवलका विभिन्न स्थानमा देखिएको सलह दोभान हुँदै पाल्पा प्रवेश गरेको हो । सलह किरा पाल्पा भित्रिए पछि पाल्पाका कृषकहरु चिन्तित बनेका छन् । सलह किराले अन्नपात सखाप पार्ने डरले कृषकहरु चिन्तित बनेका हुन् । सलह प्रवेश गरे पछि आफ्नो बालि संरक्षण गर्नका लागी सजग रहन जिल्ला कृषि ज्ञान केन्द्र पाल्पाले आग्रह गरेको छ । साथै सलह किरा धपाउनका लागी धुँवा बाल्ने, आवाज आउने खालका टिन बजाउने लगाएतका क्रियाकलाप गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?