रामपुर ४ सदावर्तमा एक पुरुष मृत अवस्थामा फेला

पाल्पा, रामपुर नगरपालिका ४ सदावर्त पाल्पामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षिय पुरुष आईतबार विहान मृत भेटिएका हुन् ।
केही वर्ष अघि मजदुरीको क्रममा रामपुर आएका उनी ४ वर्ष देखि सदावर्त विष्णुदेवी आचार्यको पुरानो घरमा बस्दै आएका थिए । उनी विहान साढे ६ बजे बस्दै आएको घर पछाडी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो ।
घर रोल्पा भनिए पनि हाल सम्म उनको नाम थर र ठेगाना केही खुल्न नसकेको कार्कीले बताउनुभयो । वरपर बस्नेहरुलाई घर रोल्पा भन्ने थाहा भए पनि नाम र ठेगाना कसैलाई थाहा नभएको बताउनुभयो । उनलाई सुरुवातमा रामपुर लिएर आउने व्यक्ति अहिले विदेशमा रहेकाले उनीसंग जानकारीको लागि सम्पर्क गर्ने प्रयास भैरहेको छ । पोष्ट मार्टमका लागि उनको शव रामपुर अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?