पाल्पा, आईतबार पाल्पामा थप २ जनामा कोरोना पुष्टि भएको छ । रामपुर नगरपालिकाका १ जना र रिब्दीकोट गाउँपालिकाका १ जना गरी २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
प्रदेश जनस्वस्थ्य प्रयोगशाला भैरहवा र विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण देखिएका रिब्दीकोट गाउँपालिकाका एक जना पुरुष दुई हप्ता अघि भारतबाट आई वडा नं २ मा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए । यो सँगै रिब्दीकोटमा संक्रमितको ५ पुगेको छ । त्यस्तै रामपुर नगरपालिकामा १ जना पुरुषमा संक्रमण देखिए संगै संक्रमितको संख्या १ सय ११ पुगेको छ ।
पाल्पाको तानसेन नगरपालिकामा ९, पूर्वखोलामा १ सय ४९, निस्दी गाउँपालिकामा ९५, रम्भा गाउँपालिकामा २२, तिनाउ गाउँपालिकामा ४, बगनासकालीमा २८, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । आईतबार २ जना थप भए संगै पाल्पामा संक्रमितको संख्या ४ सय ७३ पुगेको छ । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १८ जना निको भई घर फर्किसकेका छन् ।