निस्दी गाउँपालिकाका कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर


पाल्पा, निस्दी गाउँपालिकाले कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । आधुनिक कृषि प्रविधि तर्फ कृषकहरुलाई आकर्षित गर्नका लागि निस्दी गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।

शाखाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको कृषि शाखा संयोजक खिमराज कोइरालाले बताउनुभयो । गाउँपालिकाका ११ जना कृषक तथा कृषक समुहलाई ट्याक्टर वितरण गरिएको हो ।

निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले अनुदानमा पाएको आधुनिक कृषि औजारको प्रयोग गर्दै निर्वाह मुखी कृषि बाट व्यवसायीक कृषिमा लाग्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?