पाल्पा, शुक्रबार पाल्पाका थप ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका २ जना र तिनाउ गाउँपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको हो ।
३ हप्ता अघि भारतबाट आएर तिनाउ गाउँपालिका ३ झुम्साको तिलोत्तमा माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका वडा ५ कोल्डाडाँका दुई जनामा पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको अवस्था सामान्य रहेको छ । संक्रमितहरुलाई तानसेनको भूषालडाँडा माविमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा ल्याउने तयारी भइरहेको छ । रामपुर नगरपालिकामा देखिएका दुई जना पुरुष पनि ३ हप्ता अघि भारतबाट आएको पाइएको छ । यस संगै संक्रमितको संख्या तिनाउमा ६ र रामपुरमा १ सय १४ पगेको छ ।
शुक्रबार ४ जना थपिए संगै पाल्पामा संक्रमितको संख्या ५ सय २० पुगेको छ । यस अघि तानसेनमा ११, रम्भा गाउँपालिकामा ३९, रैनादेवी छहरा गाउँपालिकामा ३३ जना, पूर्वखोलामा १ सय ५९, रिब्दीकोटमा ५, निस्दी गाउँपालिकामा ९५, बगनासकालीमा २८, माथागढी २७, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १८ जना निको भई घर फर्किसकेका छन् ।