पशुपति शर्माको तीजको कोसेली ‘लोभी दाइ’ (भिडियो सहित)

काठमाडौं, चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले यस वर्ष पनि तीजको कोसेली स्वरुप ‘लोभी दाइ’ बजारमा ल्याएका छन् । वर्षेनी तिजको अवसरमा नया नयाँ उत्कृष्ट भाकाहरु दर्शक स्रोता माझ प्रस्तुत गर्दै आउनु भएको शर्माले विश्व महामारीको रुपमा फैलिएको कोरोनालाई लक्ष्यित गर्दैै ‘कोरोनाले रोक्यो झ्याप्पै’ बोलको गीत सार्वजनिक गरेको हो ।

शर्मासँगै सगतमा गायिका सम्झना भण्डारीले स्वर दिनु भएको छ । शर्माकै शब्द संगीतमा रहेको गीतमा कोरोना महामारीका कारण ‘लोभी दाइ’लाई धेरै फाइदा पुगेको विम्ब प्रस्तुत गरिएको छ । कोरोना बाट बच्न घरमै बस्दाबस्दै पेट बढेर ठूलो भएका दाइले बहिनीलाई फोनमार्फत् माइत बोलाउन नपाएको उल्लेख छ । विशेषगरी समाजमा हुने गरेका घटनालाई व्यंग्य प्रहार गर्दै आउनु भएको शार्मले यो गीतमा पनि तीजका बेला दिदी बहिनीलाई माइत बोलाउँदा लाग्ने खर्चबाट जोगिन लोभि दाईलाई यसपालि कोरोनाले महत्त्वपूर्ण भूमिका खेलेका देखाउन खोजेको छ ।

सामाजिक दूरी तथा विशेष स्वास्थ्य सावधानी अपनाएर तयार पारिएको भिडिओमा गितमा स्वर दिएका शर्मा र भण्डारीको अभियन रहेको छ । भिडियोको निर्देशन तथा छायांकन दुर्गा पौडेलको र सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?