पाल्पामा आईतबार थप २ मा कोरोना पुष्टि

पाल्पा, पाल्पामा आईतबार थप २ जनामा कोरोना पुष्टि भएको छ । बगनासकाली गाउँपालिकाका थप २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
यस संगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय ३६ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस संगै बगनासकालीमा संक्रमितको संख्या ३७ पुगेको छ । अहिले सम्म जिल्लामा ४४ जना महिला र ४ सय ९२ जना पुरुषमा संक्रमण देखिएको छ ।

यस अघि रैनादेवी छहरा गाउँपालिकामा ३८,तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १४, तिनाउ गाउँपालिकामा ६, रम्भा गाउँपालिकामा ३९, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५,निस्दी गाउँपालिकामा ९५,माथागढी गाउँपालिकामा २७, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १८ जना निको भई घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?