रामपुर क्षेत्रका खाद्यान्न पसलहरुको अनुगमन

पाल्पा, रामपुर नगरपालिकाको मुख्य व्यापारिक केन्द्र बेझाँड बजार सहित आसपासका क्षेत्रका खाद्यान्न पसल अनुगमन गरिएको छ । रामपुर नगरपालिका र रामपुर उद्योग वाणिज्य संघले संयुक्त रुपमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र सञ्चारकर्मीहरुको रहोबरमा अनुगमन गरेको हो ।
रामपुर नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवि घिमिरे आचार्यको संयोजकत्वमा सोमबार र मंगलबार पसल अनुगमन गरिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख भिमबहादुर कार्की, कर्मचारी र पत्रकार लगायतको टोलीले रामपुर नगरपालिका ५ बेझाड बजार, पेट्रोलपम्प, बाङ्गेपसल रोड, रामपुर नगरपालिका ४ अन्र्तगत ईस्लामपुर, सदावर्त र वडा नं ७ को किसानबारी बजार क्षेत्रका खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो । सोमवार १२ वटा र मंगलवार १३ वटा खाद्यान्न पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा फेला परेका म्याद नाघेका सामान टोलीले जफत गरेको छ ।

अनुगमनका क्रममा केही किराना पसलमा म्याद नाघेका सामग्री, रामपुरमा नगरपालिकामा पसल दर्ता नभएको, मूल्य सुचि अद्यावधिक नभएको, साइनबोर्ड नराखिएको फेला परेको नगरपालिकाका सुचना अधिकारी रामहरी पाण्डेयले जानकारी दिनुभयो । अनुगमन पश्चात रामपुर नगरपालिकामा दर्ता नभएकालाई तत्काल दर्ता गराउन आग्रह गरेको र नियम कानुन अनुसार व्यवसाय नचलाएका व्यापारीलाई नियम संगत प्रक्रिया पु¥याएर व्यवसाय चलाउन अनुरोध गरेको नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।
अनुगमनका क्रममा बिस्कुट, सुजी, मसला, कुरकुरे जस्ता खाद्यपदार्थ म्याद नाघेको पाइएको ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य बताउनुभयो । व्यापारीले बिक्री गरेको सामान उपभोक्ताले उत्पादन मिति नाघेको छ छैन भनेर नहेर्र्ने परिपाटीले पटक पटक म्याद नाघेका सामान केही पसलले बिक्रि गरिरहेको र यसले उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पार्ने हुँदा उपभोक्ता आफै सामान खरिद गर्ने बेला उत्पादन मिति र बिक्री गर्ने अन्तिम मिति हेरेर मात्र सामान खरिद गर्नुपर्र्ने रामपुर उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो ।
मूल्य सुचि नभएका पसलमा तत्काल मूल्य सुची टाँस गर्नुपर्ने र अर्को पटक पनि अटेरी गरेर प्रक्रिया अनुसार व्यवसाय संचालन नगरेको पाइएमा कानुन अनुसार कारबाही गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?