शुक्रबार हराएका निस्दी २ का वृद्ध मृत अवस्थामा फेला

पाल्पा, निस्दी गाउँपालिका २ मा एक वृद्ध मृत अवस्थामा भेटिएको छ । शुक्रबार साँझ ९ बजे निस्दी २ सुकेकोट बाट आनन्दी भञ्ज्याङ्ग घर तर्फ निस्केका ८२ वर्षिय खडे कानुङ मृत भेटिएका हुन् ।

सुकेकोट र आनन्दी सडकको सिलमिङ गैरा भन्ने स्थानमा सडक बाट झण्डै ३ सय मिटर तल आईतबार मृत फेला परेका हुन् । स्थानिय उमेश कुमार गाहाका अनुसार उनी शुक्रबार सुकेकोट बहिनी ज्वाईलाई भेट्न गएका थिए । राती ९ बजे घर जान्छु भनेर हिडेका उनी शनिबार सम्म नपुगे पछि स्थानियले खोजी गरेका थिए ।

खेजीको क्रममा आईतबार दिउँसो २ बजे मृत अवस्थामा फेला परेका हुन् । उनको शवलाई पाष्र्ट मार्टमका लागि रामपुर अस्पताताल ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?