रामपुर उद्योग वाणिज्य संघ द्वारा रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण

पाल्पा, रामपुर उद्योग वाणिज्य संघले ४ पिस रोगप्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी वितरण गरेको छ । प्रति पिस ६ जनालाई पुग्ने ४ सय पिस औषधी २ हजार ४ सयको लागि वितरण गरेको हो ।

विश्वमाहामारीको रुप लिएको कोभिड १९ लाई लक्ष्यित गर्दै संघमा आवद्ध साधारण सदस्यहरुलाई औषधी वितरण गरेको हो । नेपाल राष्ट्रिय माडवारी परिषद द्वारा प्राप्त निशुल्क औषधी माडवारी सेवा समाज बुटवलको सौजन्यमा रामपुर उद्योग वाणिज्य संघले रामपुरका मुख्य बजारमा पुगेर माक्स सहित वितरण गरेको हो । रजघरामा औषधी वितरण कार्यक्रमको सुरुवात गर्दै संविधान सभाका सदस्य राधाकृष्ण कंडेलले महामारीको समयमा रोगलाई जित्ने आधार आत्मबल रहेको भन्दै औषधीले थप आत्मबल प्रदान गर्ने बताउनुभयो । त्यस्तै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य युवराज खनालले माडवारी सेवा समाजलाई धन्यवाद दिदै कोभिड महामारीको समयमा सामाजिक दुरी कायम संगै आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गर्नुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले विशेष गरी संघमा आवद्ध उद्योगी व्यवसायीहरुलाई लक्ष्यित गरेर औषधीवितरण गरेको बताउनुभयो । उहाँका अनुसार वडा नं. ३ को रजघरा बजार ६२ जना, वडा नं. ४ को सदावर्तमा १८ जना, वडा नं. ५ बेझाँडमा १ सय ५० जना, वडा नं. ७ किसानबारीका २२ जना र वडा नं. ६ को विजयपुरका ३५ जना उद्योगी व्यवसायी र केही स्थानियलाई पनि औषधी वितरण गरेको जानकारी दिनुभयो । संस्थाका महासचिव खिम बहादुर केसीले माडवारी सेवा समाज बाट प्राप्त ४ सय पिस औषधी वितरण गरिएको बताउनुभयो । औषधी वितरण कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई, उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठ, सचिव खुम मायाँ राना, सदस्य उमा श्रेष्ठ लगाएतका पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो । औषधीको लागि संघले सर्वसाधारणको लागि पनि आवश्यक पहल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?