बर्दले फाँट सिंचाईको कुलोमा पानी राख्न सुरु

ध्रुर्व भण्डारी
पाल्पा, पुन : निर्माण सम्पन्न भएको बर्दले फाँट सिंचाई आयोजनाको कुलोमा शनिबार देखि पानी राख्न थालिएको छ । झम्मा खोला देखि बर्दले सम्मको ६ हजार मिटर लामो कुलो मध्ये ४ हजार ५ सय मिटर पुन निर्माण भए संगै औपचारिक रुपमा पानी छोड्न सुरु गरिएको हो ।

२०५१ सालमा जिल्ला विकास समिति पाल्पा मार्फत निर्माण सुरु भएको कुलोमा २०५५ देखि पानी आउन थालेको थियो । तर कच्ची कुलोमा पानी सहज रुपमा नबग्दा सिंचाईमा समस्या भए पछि प्रदेश नं. ५ को भौतिक तथा पुर्वाधार विकास मन्त्रालयले ४ हजार ५ सय मिटर कुलो पुन निर्माणको लागि बजेट विनियोजन गरेको थियो । ४ करोडको ९३ लाखको योजना केविसि विल्डर्स इको ईन्जिनियरिङ्ग कन्सल्टेन्सि चितवनले २०७७ मंसिरमा निर्माण सम्पन्न गर्ने गरी २०७६ जेठ १९ गते ३ करोड ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । लकडाउका विच पनि सम्पन्न मितिको ५ महिना अगावै काम सम्पन्न भएको थियो । कुलोको मुहानमा पुजा गरी विधिवत रुपमा पानी छोदिएको हो । मुहान बाट कुलोमा पानी छोड्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य युवराज खनालले अधिकांश योजनाहरु समयमा सम्पन्न नभएर कालो सूचीमा राख्ने तयारी भैरहेको अवस्थामा यस योजनाले समय मै काम सकेर थप पाठ सिकाएको बताउनुभयो ।

उहाँले उपभोक्ताहरुको सहयोग र समन्वय हुने हो भने योजनाहरुले गति लिने बताउनुभयो । उहाँले कृषिको लागि सिंचाई मुख्य आधार रहेको भन्दै प्रदेशले यसमा विशेष ध्यान दिएको र यस योजनाको बाँकी कुलो मर्मताका लागि आवश्यक पहल भैसकेको बताउनुभयो । जिल्ला विकास समिति पाल्पाका पूर्व सदस्य टंकनाथ खनालले परम्परागत खेतीलाई आधुनिक कृषि तर्फ ध्यान दिनु पर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराईले सिंचाईको सदुपयोग गरी आफ्ना जग्गामा उत्पादन बढाउन सके योजनाले सार्थक रुप पाउने बताउनुभयो ।

कार्यक्रममा बर्दले फाँट सिंचाई आयोजनाका उपभोक्ता समिति अध्यक्ष बैकुण्ठ खनालले मन्त्रालयका ३ करोड ९० लाख र स्थानियको १५ लाख ४४ हजार ७ सय २४ बराबरको जनश्रमदानमा आयोजन सम्पन्न भएको बताउनु भयो । आयोजना बाट गेझा मनभागा, बर्दले, राहुँडाँडा टोलका ४ सय ३२ घरको १ सय ५ हेक्टर जमिनमा सिंचाई पहुँच पुग्ने बताउनुभयो । कुलोको मुहान झम्मा खोलामा भएको कार्यक्रमको सञ्चालन उपभोक्ता टिकाराम पौडेलले गर्नु भएको हो । कुलोमा सहजै पानी आउन थाले पछि स्थानियहरु खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?