पाल्पा, रामपुर नगरपालिका १ मकैडाँडामा रुख भाँचिएर एक घरमा क्षति पुर्याएको छ । मकैडाँडाको चनिहानमा रहेको चौतारीको पिपल भाँचिदा स्थानिय भिम बहादुर केसीको घरमा क्षति पुग्न गएको हो ।
राती सुतिरहेको अवस्थामा गयराती राती ३ बजे एक्कासी रुख भाँचिएर घरमाथि खसेको थियो । संयोगले कुनै मानविय क्षति भने नभएको स्थानिय मिलन अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार केसीको ६ जना परिवार मध्ये ३ जना ओसारीमा र ३ जना भित्र सुतिरहेको अवस्थामा एक्कासी ढलेको थियो । अोसारीको भाग पुर्णरुपमा र घरमा आंशिक क्षति पुगेको छ । अहिले घर बाट रुख हटाउने प्रयास भैरहेको छ ।