पाल्पा, आज श्रावण शुक्ल पञ्चमीका अर्थात नाग पञ्चमी । आज घरघरमा नागको फोटो टाँसेर तथा पंधेरा, पानीको मुहान, तालतलैयाम पुजा गरेर नाग पञ्चमी मनाइदैँ छ ।
प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन नागपञ्चमीलाई पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ । घरको मुलद्वारमा नागको चित्रमा दही, दुबो, लावासहित चन्दन, अक्षता, नैवेद, धुपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्वीर टाँस्नाले मेघ, सर्प, र अग्निको भय नहुने विश्वास छ । रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन छ ।
नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजको दिन गरिन्छ । अाज देशैभरका मन्दिरहरुमा पनि नाग पुजा गरिदै छ ।