पाल्पाको रामपुरमा खिर खाएका ३६ जना एकै पटक विरामी

 

 

 

 

 

 

दान बहादुर हिस्की 

पाल्पा , पाल्पाको रामपुरमा पितृ प्रसाद ग्रहण गरेका ३६ जना एकै पटक विरामी परेका छन् ।

रामपुर नगरपालिका ७ मोहोटी टोलमा आईतबार १३ औं दिनको पितृ प्रसाद ग्रहण गरेका मध्ये ३६ जना विरामी परेका हुन् । स्थानिय मन बहादुर वि.क.को १३ औं दिनको पुण्यतिथीमा उनका आफन्त, छिमेकी, मलामी घोटारीहरुले प्रसाद ग्रहण गरेका थिए । उनीहरुले प्रसादको रुपमा खिर, अचार र राज्माको तरकारी खाएका थिए । उनीहरुको रामपुर अस्पतालमा उपचार भैरहेको छ ।  विरामीहरुमा झाडा पखाला, टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्ता लक्ष्यणहरु देखिएको छ । उनीहरुको उपचार संगै के कारणले भएको भन्ने बारेमा परिक्षण भैरहेको रामपुर अस्पतालका डाक्टर कुशल खनालले बताउनुभयो। विरामी हुनेहरुमा बालक देखि वृद्ध सम्म रहेका छन् ।

नयाँ भवन निर्माण सम्पन्न नभएका कारण प्राथमिक उपचार केन्द्रको संरचनामा सञ्चालनमा रहेको अस्पतालमा एकै पटक ठूलो संख्यामा विरामीहरु आए पछि प्रशासन कक्ष तथा ओपिडि कक्षमा वेड व्यवस्था गरी उपचार भैरहेको छ । प्रसाद ग्रहणमा आफन्त, छिमेकी, मलामी घरी एक सय भन्दा धेरै सहभागी भएको बुझिएको छ । भात, तरकारी र अचार खानेहरुमा कुनै समस्या देखिएको छैन । खिर खानेहरुमा सोमबार देखि टाउको दुख्ने समस्या देखिएको थियो । सोमबार उपचार गरेर फर्किएको ६ जना मध्ये ३ जना पुन मंगलबार अस्पताल भर्ना भएका थिए ।  ३३ जनालाई लुम्बिनी मेडिक कलेज प्रभास पठाई सकिएको र कुनै समस्या भएमा पहिरोका कारण अन्यत्र लैजान समस्या हुने भए पछि सबैलाई रिफर गर्ने तयारी भैरहेको छ । विरामीहरु थ्पिने क्रम भने जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?