शित्तलनगरमा जिप र मोटरसाईकल ठोक्कीदा एक जना घाईते

    साङ्केतिक तस्वीर

पाल्पा, रामपुर नगरपालिका ३ शित्तल नगरमा जिप र मोटरसाईकल ठोक्कीदा मोटरसाईकल चालक घाईते भएका छन् ।

खोप्टार रजघरा सडक अन्तर्गत बेझाँड बाट भलाएटार तर्फ गैरहेको लु १ ज ४१९१ नं. को जिपले विपरित दिशा बाट आउँदै गरेको बा ३ प ९२७१ मोटरसाईकललाई ठक्कर दिएको थियो ।

जिपको ठक्कर बाट रामपुर ३ का ३६ गणेश भण्डारी घाईते भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । भण्डारीको रामपुर अस्पतालमा  सामान्य उपचार पछि पाल्पा रिभर गरेकाे   छ । जिप चालक र जिप भने प्रहरीकाे नियन्त्रणमा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?