आमा संगै खेतमा गएका बालकको खोलामा डुबेर ज्यान गयो

पाल्पा, पाल्पाको रामपुरमा आमा संगै खेतमा गएका दुई वर्षिय बालकको खोलामा डुबेर ज्यान गएको छ । रामपुर नगरपालिका ५ भम्बक नजिकै भुलादी खोलामा डुबेर पूर्वखोला ३ अर्खल डाँडाका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।

उनीहरु अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका थिए । खेतमा धान गोड्न गएका आमा सीता ठाडा संगै बालक विप्लप पनि खेतमा गएका थिए । आमा धान गोडीरहेको अवस्थामा बालक खोलामा डुबेका थिए । खोलामा डुबेको थाहा पाउने वित्तिकै बालकलाई उपचारको लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घटना दिउँसो साढे २ बजे तिर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?