सिद्धबावामा माथिबाट खसेको ढुंगा लागेर तीन जना घाइते

फाईल तस्वीर

पाल्पा, सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक अन्तर्गत सिद्धबावामा माथिबाट खसेको ढुंगा लागेर तीन जना घाइते भएका छन् ।
शनिबार साँझ सवा ७ बजेको समयमा तिनाउँ गाउँपालिका ३ ३ सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुंगा लागेर तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा बुटवलबाट पाल्पा आउँदै गरेको लु २ च ४११५ नम्बरको जीपमा सवार बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३२ वर्षिय चुरामणी न्यौपाने र पैदल यात्री तिनाउ गाउँपालिका–२, दोभानका ५३ वर्षका लक्ष्मण श्रेष्ठ र सोही स्थानकी ४५ वर्षकी लक्ष्मी श्रेष्ठ घाइते हुनुभएको हो ।

घाईते तीनै जनाको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । थप अनुसन्धानको लागि दोभान प्रहरी चौकीबाट प्रहरी निरीक्षक सोमबहादुर सारुको नेतृत्वमा प्रहरी खटाइएको छ । यसैबीच दोभान क्षेत्रको दुई स्थानमा सडक भासिएर ठूला सवारीसाधन संचालनमा अबरोध भएको छ । शनिबार बिहानैदेखि सडकमा साना सवारीबाहेक ठूला सवारी संचालन हुन नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?