पाल्पा रामपुर नगरपालिका वडा नं. १० गेझा पाल्पामा बार्षिक कार्यक्रम समिक्षा , छनौट तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
रामपुर १० पाल्पामा रहेको बराहदेवि स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यान्वयन समितिलाई आज एक कार्यक्रम गरी विभिन्न कृषि सामग्री वितरण गरेको हो । कार्यक्रममा बराहदेवि स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यान्वयन समितिको बार्षिक कार्यक्रमको समिक्षा सहित प्रदेश सरकारको सहयोगमा ९ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री वितरण गरिएको थियो । प्रदेश सरकारको सहयोगमा समितिलाई ८३ वटा पानि ट्याङ्की , पाईप , थोपा सिंचाईका सामग्री लगाएतका कृषि सामग्री वितरण गरेको हो ।
सामग्री हस्तान्तरण गर्दै नगरपालिकाका कार्यबहाक नगर प्रमुख एक बहहादुर नेपालीले समग्र नगरको कृषि क्षेत्रको विकासका लागी नगरपालीका सधै प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले स्मार्ट कृषि गाँउ कार्यक्रमलाई समग्र नगरको गहनाको रुपमा परिचित गर्ने ढंगले विभिन्न कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो । रामपुर १० रामटार पाल्पामा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका आर्थिक संयोजक हुमनाथ न्यौपानेले विभिन्न स्थानमा संचालन हुने विविध कृषि परियोजना कार्यक्रमले नगरको युवा स्वरोजगारलाई पनि बढवा मिल्ने बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लिल बहादुर गाहा , रामपुर नगरपालिकाका निमित्त प्रमुख तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले स्मार्ट कृषि कार्यक्रमका विभिन्न कार्यक्रम संचालन गर्दा उपभोक्ताको छलफलबाट गर्नु पर्ने बताउदै प्राप्त गरेका कृषि सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । बराहदेवि स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष नरुराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम ,सचिव हरि भण्डारीको स्वागत र दामोदर तिमिल्सिनाको संचालनमा सम्पन्न भएको हो ।