आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पुजा आरधना गरी मनाईदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्री कृष्णको पुजा आरधना गरी मनाईदै   छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

आजको दिन कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरिदैछ । आज महिला, पुरुष ‘व्रत’ बसी जाग्राम बस्ने चलन पनि छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा भगवान श्रीकृष्ण जन्मिएको मानिन्छ ।

जन्माष्टमीका दिन देशका विभिन्न श्रीकृष्ण मन्दिरहरुमा विगतका बर्षहरुमा सामुहिक पुजा सहित मेला लागे पनि यस बर्ष भने नहुने भएको छ । देशमा कोरोना संक्रमण बढ्दै गएकाले विषेश पुजा सहितको मेला नलाग्ने भएको हो। मन्दिरहरुमा भिडभाड नहुने गरी पुजा आरधना भने हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?