रामपुर अस्पतालमा डेढ वर्ष देखि बन्द भिडियो एक्सरे सेवा पुन : सुचारु

  • पाल्पा, रामपुर अस्पतालमा मंगलबार देखि भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालनमा आएको छ । नयाँ प्रविधि संगै जनशक्तिको अभावमा साढे १ वर्ष देखि बन्द भएकोे भिडियो एक्सरे सेवा पुन सुचारु भएको हो ।
    नयाँ प्रविधिको साथ अस्पतालले एक कार्यक्रमका विच सेवा सुचारु गरेको हो । सेवा शुभारम्भ गर्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य युवराज खनालले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिदै आएको बताउनुभयो । उहाँले कोभिडका कारण शिक्षा संगै स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढेको भन्दै अस्पतालको विकासको लागि तीनै तहका सरकार र स्थानियहरुको साथ महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सिमित स्रोतका विच सेवा प्रवाह हुँदै आएको उल्लेख गर्दै कमजोरीहरुलाई सुधार गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।
    रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर अस्पताल रामपुर क्षेत्रको गौरवको विषय रहेको भन्दै सकारात्मक संन्देश प्रवाहको आवश्यक रहेको बताउनु भयो । उहाँले अस्पताल भित्रको सेवालाई छिटो र विश्वसनिय बनाउन सबैको रचनात्मक सहयोगको खाँचो रहेको बताउनुभयो । थापाले रामपुर नगरपालिकाले अस्पताललाई आवश्यक सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका इन्चार्ज राजु प्रसाद श्रेष्ठले निजी भन्दा सरकारी स्वास्थ्य संस्था प्रभावकारी हुने भएकाले सबैको पहलले अस्पताल अहिलेको अवस्था सम्म आएको बताउनुभयो । उहाँले प्रविधी विना मेनपावर भए पनि सेवा प्रभावकारि नहुने भएकाले आज सुरुवात गरेको सेवाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
    नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले स्वास्थ्यकर्मीहरुले दिएको योगदानको चर्चा गर्दै समाजिक विकास तर्फ पनि थप अग्रसर हुन आग्रह गर्नुभयो । रामपुर अस्पताल व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष फणेश्वर गौतमले भएका साधन र स्रोतको सही व्यवस्थापनमा ध्यान दिन सके पनि सेवा थप प्रभावकारी हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले सेवाहरु सुचारु संगै दिगोपनमा पनि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
    कार्यक्रममा रामपुर अस्पताल विकास समितिका सदस्य ईश्वरी देवी खनालले अस्पताल सुधारको लागि प्राप्त भएका सुझाव आत्सात गर्दै समस्याको समाधानमा जुट्ने बताउनुभयो । उहाँले सबै सरोकारवालाहरु बाट रचनात्मक सुझाव र साथ दिन आग्रह गर्नुभयो । कार्यक्रममा सुचारु भएका भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवाको बारेमा जानकारी दिदै रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले परम्परागत प्रविधिलाई डिजिटल प्रविधिमा रुपान्तरण गरेको बताउनुभयो । अस्पतालले प्रदेश बाट आएको उपकरण खरिदका लागि आएको ३२ लाख र अस्पताल सुढृदिकरण कार्यक्रम बाट ४ लाख गरी ३६ लाखको लागतमा उपकरण खरिद गरेको हो । उहाँले २० लाखको लागतमा भिडियो एक्सरे र १६ लाखको लागतमा डिजिटल एक्सरे मेसिन खरिद गरिएको बताउनुभयो ।
    अस्पतालमा गर्भवती महिलाहरुको लागि मंगलबार र विहिबार र अन्यको लागी आईतबार गरी हप्तामा ३ दिन भिडियो एक्सरे र चौविसै घण्टा डिजिटल एक्सरे सेवा सञ्चालन गरिने जनाएको छ । अस्पताल विकास समितिका सदस्य ईश्वरी देवी खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर अस्पतालका प्रशासन सहायक हिरा वि.क.ले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?