अवैध बन्दुक सहित पाल्पाका एक व्यक्ति पक्राउ

पाल्पा,  पाल्पामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ छचुवाका गन बहादुर कुमाल भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

अवैध भरुवा बन्दुक लुकार्एर राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले बुधबार उनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला पारेको हो ।

साथै १ नाले भरुवा बन्दुक सहित वारुद गन्दक र छर्रा समेत फेला पारेको छ । लुकाएर राखेको अवैध बन्दुक फेला पारेपछि कुमाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?